Logo

अर्थ

सुनको मूल्य एक लाख तीन सय रुपैयाँ



नेपाली बजारमा बिहीबार सुनकाे मूल्य एक हजार एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ताेलाको एक लाख तीन सय रुपैयाँमा काराेबार भएको छ ।

बुधबार सुन तोलाको ९९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुनको भाउ तोलाको ९९ हजार आठ सय रुपैयाँ निर्धारण भएको छ ।  

चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँले बढेको छ । बुधबार एक हजार तीन सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार तीन सय ७५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार ११:०७   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।