गोली लागेर घाइते भएका माओवादी केन्द्र कपिलवस्तुका नेता दीपक पाण्डेको उपचारकाे क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको छ।
जेठ ५ गते कपिलवस्तु नगरपालिका–३ सडुवामा तीन जनाकाे समूहकाे गाेली प्रहारबाट घाइते भएका पाण्डेलाई उपचारका लागि साेमबार साँझ काठमाडाैं ल्याइएकामा उपचारका क्रममा ज्यान गएकाे हाे। त्यसअघि उनकाे युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार गरिएकाे थियाे।
उक्त घटनामा एक भारतीय नागरिक पनि घाइते भएका थिए।
पाण्डे माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सदस्य थिए। प्रहरीले गोली हानेको आरोपमा कपिलवस्तु नगरपालिका-१ का ओमप्रकाश यादव र कपिलवस्तु नगरपालिका–२ का साकिर अलीलाई पक्राउ गरिसकेकाे छ।




















प्रतिक्रिया