Logo

अवैध लागूऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ



झापा : बुद्धशान्ति गाउँपालिका-३ धाईजन चौकबाट २ ग्राम ४ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा सोही नगरपालिका-३ बस्ने ३१ वर्षीय भिमल बस्नेत र सोही ठाउँ बस्ने २९ वर्षीय बिशाल बस्नेत रहेका छन् । ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनीहरुलाई जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आईतवार १२:३३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।