Logo

सूचना/प्रविधि

डिजिटल प्लेटफर्मबाट अवैध जुवाको विज्ञापन गर्नेलाई कारबाही गर्ने सरकारको चेतावनी 



सरकारले डिजिटल प्लेटफर्ममार्फत जुवा खेलाइन्छ भन्दै विज्ञापन गराउनले कारबाही चेतावनी दिएको छ । सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै अवैध जुवामा लगानी गर्न सकिनेबारे विज्ञापन गराइ कारबार गर्नेहरुलाई कारबाही गर्ने चेतावनी दिएको छ । 

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेपालमा केहि समययता वान एक्स वेट (https://1xbet.com/ ) को नाममा विभिन्न डिजिटल प्लेटफर्ममार्फत अवैध जुवामा लगानी गर्न सकिने सम्बन्धी विज्ञापन दिइ कारोवार भइरहेको जानकारी बोर्डमा प्राप्त हुन आएको छ । यस्ता कार्यहरु विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ५ को उपदफा (1) को खण्ड (ख) को व्यवस्था विपरीत भएकोले तत्काल त्यस्ता गतिविधिहरु बन्द गर्न, त्यस्ता विज्ञापन तथा प्रमोशनल भिडियोहरु डिजिटल प्लेटफर्मवाट हटाउन सूचित गरिन्छ । अन्यथा कानून बमोजिम कारवाहि हुने व्यहोरा सवैको जानकारीको लागि यो प्रेस विज्ञप्ती
जारी गरिएको छ ।”

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आईतवार १५:५२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।