Logo

ग्यास चुहिएर आगलागी हुँदा घाइते वृद्धाको उपचारको क्रममा मृत्यु



पाँचथर : सोमबार राति आगलागीमा परी घाइते भएकी यहाँकी एक वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ । सोमबार राति आफ्नै घरमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा घाइते भएकी फिदिम नगरपालिका-४ जोरसालकी ७२ वर्षीया तनमाया सापकोटाको उपचारका क्रममा गएराति मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक डम्बर विश्वकर्माका अनुसार सापकोटाको झापाको मेची अञ्चल अस्पतालमा उपचार भइरहेकामा गएराति १ बजे चिकित्सकहरूले सापकोटालाई मृत घोषित गरेको हो ।

आगलागीमा सापकोटा गम्भीर घाइते भएकी थिइन् । आगलागीमै घाइते भई उपचाररत तनमायाका छोरा दीननाथ र नाती मदन सापकोटाको समेत सोही अस्पतालमा उपचार भइरहेको छ । उनीहरू सबै काजकृयामा बसेका बखत ग्याँस चुहिएर आगलागी भएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार ११:३५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।