कोपनहेगनमा भइरहेको १६ औं युरोकप फुटबल अन्तर्गतको खेलमा एक खेलाडी मैदानमै बेहोस भएका छन्। डेनमार्कका खेलाडी क्रिश्चियन एरिक्सन मैदानमै बेहोस भएका हुन्। उनी बेहोस हुँदा डेनमार्क र फिनल्यान्डबीचको खेल स्थगित भएको छ।
दुई टिमबीच भइरहेको खेलमा हाप टाइमभन्दा ठिक अगाडि उनी बेहोस भएका थिए। युएईएफले चिकित्सा आपतकाल भएको भन्दै जारी खेललाई रद्द गरेको बताएको छ ।
मैदानमै बेहोस भएका डेनिस खेलाडीलाई हृदयघात भएको हुनसक्ने अनुमान गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनलाई मैदानमै सिपिआर दिनुपरेको थियो ।
हाललाई भने गोलरहित रहेको खेललाई रद्द गरिएको युएईएफले जनाएको छ ।

















प्रतिक्रिया