Logo

सिलाई उद्योगमा आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट 



महानगरपालिका-३ बसुन्धारास्थित बुढानिलकण्ठ नगरपालिका-१० बालुवाखानी घर भएका ४३ वर्षीय चन्द्र कटुवालको जानकी सिलाई उद्योगमा करेन्ट सर्ट भई सोमबार राति आगलागी हुँदा उद्योग रहेको टहरो, ३० थान कपडा सिलाउने मेशिन, १ थान जेनेरेटर, ३ थान ग्याँस सिलिन्डर र स्टक कपडा समेत जलेर करिब १ करोड ५० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

आगलागीको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले दमकल र स्थानीयको सहयोगमा

आगो नियन्त्रणमा लिई यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति : १ असार २०७८, मंगलवार १३:०१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।