Logo

गण्डकी प्रदेश

कांग्रेस सांसदले कुर्सी उचालेर टेबुल र माइक तोडफोड गरेपछि आज माइक नै हटाइयो



प्रदेश नम्बर ५ को प्रदेशसभा बैठकमा आज स्थायी राजधानी र नामबारे मतदान हुने भएको छ। मंगलबार दिउँसो सुरू भएको संसद बैठकमा विपक्षी दल नेपाली कांग्रेसका नेता वीरेन्द्रकुमार कनौडिया बोलिरहेका छन्।

यसपछि मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभामा सम्बोधन गर्ने कार्यसूची छ। कार्यसूचीअनुसार आजै स्थायी राजधानी र नामबारे मतदान हुँदैछ।

आजको प्रदेश सभा बैठकमा सांसदको टेबुलमा माइक छैन। सोमबार कांग्रेस सांसदले कुर्सी उचालेर टेबुल र माइक तोडफोड गरेपछि आज माइक हटाइएको हो।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलवार १३:५७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।