Logo

सिन्धुपाल्चोकको बाढीमा घाइते भएका ३ चिनियाँसहित ६ जनालाई काठमाडौं ल्याइयो



सिन्धुपाल्चोकको बाढीमा परि घाइते भएकाहरुलाई सेनाको हेलिकोप्टरमार्फत उद्धार भइरहेको छ ।  जिल्लाको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीमा घाइते भएका तीन चिनियाँ नागरिक र तीनजना नेपाली नागरिकलाई उद्धार गरि सेनाको हेलिकोप्टरमार्फत नै उपचारका लागि काठमाडौं ल्याइएको छ ।

सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालका अनुसार छ जनाको अवस्था गम्भीर भएका कारण उपचारका लागि काठमाडौं ल्याइएको हो । 

उनले हालसम्म ७ जना बेपत्ता भएको जानकारी प्राप्त भएको र एकजना पुरुषको शव फेला परेको जानकारी दिए । उनले उद्धार कार्य जारी रहेकोसमेत बताएका छन् । 

मेलम्ची नगरपालिका र इन्द्रावती गाउँपालिका जोड्ने पुलसहित तीनवटा मोटरवेल पुलहरु भत्किएका छन् भने नदी किनारका थुप्रै संरचनाहरुमा क्षति पुगेको छ । 

प्रितिनिधि तस्बिर ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार १०:५१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।