Logo

कोरोना अपडेट : २ हजार ४०१ जना संक्रमित हुँदा, ३ हजार ६६० जना संक्रमणमुक्त 



पछिल्लो २४ घण्टा थप २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार १० पीसीआर परीक्षणका क्रममा १ हजार ६८८ र ४ हजार ६८६ एन्टिजेन परीक्षणका क्रममा ७१३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ४५ हजार २०९ पुगेको छ ।

शनिबार थप ३४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार ६ सय ७५ पुगेको छ । 

गत २४ घण्टामा ३ हजार ६६० जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा ५ लाख ५३ हजार ३४२ जना कोरोनामुक्त भएका छन् ।

हालसम्म देशभर ३२ लाख ६२ हजार ५८९ वटा पीसीआर र १ लाख ३८ हजार ३१३ एन्टिजेन परीक्षण गरिएको छ ।

 

प्रकाशित मिति : ५ असार २०७८, शनिबार १६:५८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।