कट्टरपन्थी नेता इब्राहिम रईसी इरानी राष्ट्रपति बनेका छन्। इरानका वरिष्ठ न्यायाधीशसमेत रहेका उनी ६२ प्रतिशत मत ल्याएर राष्ट्रपतिमा निर्वाचित भएका हुन्।
रईसीमाथि अमेरिकाले प्रतिबन्ध लगाएको छ। राजनीतिक बन्दीलाई फाँसीको सजाय दिने निर्णयमा उनको संलग्नता रहेको बताइएको छ।
सन् २०१७ मा हसन रुहानीसँग राष्ट्रपति पदमा हार बेहोरेपछि ६० वर्षीय रईसीले सन् २०१९ मा न्यायालय प्रमुखको रुपमा नियुक्ति पाएका थिए।
इरानमा सर्वाेच्च नेतापछि राष्ट्रपति दोस्रो वरीयतामा पर्छ। इरानका सर्बोच्च नेता हाल अयोतोल्लाह अलि खमेनी छन्। रईसीले अगष्ट महिनाको पहिलो साता कार्यभार सम्हाल्नेछन्।

















प्रतिक्रिया