नेपाल टेलिकमको मोबाइल सेवाकाे नेटर्वकमा समस्या देखिएपछि फाेन लाग्न छाडेकाे छ। काठमाडाैंसहित देशका धेरैजसाे स्थानमा बुधबार बिहानैबाट पोष्टपेड र प्रिपेड मोबाइल नम्बरमा फोन नलाग्ने समस्या देखिएको नेपाल टेलिकमले जानकारी दिएकाे छ।
टेलिकमको मोबाइल सेवामा आउने कल (इनकमिङ कल) मा समस्या देखिएको हो । टेलिकमको भिओएलटीई-भीओएलटीई, भीओएलटीई-मोबाइल, मोबाइलबाट-एनसेल नेटवर्कमा भने फाेन लागिरहेकाे छ।
एचएलआर सिस्टममा समस्या आउँदा प्रयोगकर्ताको लोकेसन ट्रेस हुन नसकेको टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीले जानकारी दिए । उनका अनुसार लोकेसन ट्रेस हुन नसक्दा मोबाइल नलाग्ने समस्या देखिएको हाे।





















प्रतिक्रिया