Logo

लोकसेवा

लोकसेवा विषेशः प्रश्नोत्तर कार्यक्रम (अङ्क–३३)



काठमाडौं । वि.सं. २००७ सालमा देशमा प्रजातन्त्रको स्थापना सँगै निजामती कर्मचारीको नियुक्ति छुट्टै र स्वतन्त्र निकायबाट गर्ने उद्देश्यले वि.सं. २००८ साल असार १ – (तदनुसार १५ जुन १९५१ इ.स.) गते लोक सेवा आयोगको स्थापना भएको हो । यस आयोगले निजामती सेवाका पदमा उपयुक्त उम्मेदवार छनौट गर्ने कार्य गर्दछ ।

नेपाल अधिराज्यको संविधान, २०४७ ले पनि लोक सेवा आयोगलाई एक स्वतन्त्र संवैधानिक निकायको रूपमा स्विकारेको छ । सोही संविधानको धारा १०१ ले आयोगका एक अध्यक्ष र आवश्यकता अनुसार अन्य सदस्यहरू रहने गरी लोक सेवा आयोगको गठन हुने व्यवस्था गरेको छ । आयोगका अध्यक्ष र सदस्यहरू ६ वर्षका लागि नियुक्ति गरिने व्यवस्था संविधानमा नै व्यवस्था गरिएको छ । आयागे का अध्यक्ष तथा सदस्यहरूलाई सर्वोच्च अदालतको न्यायाधीश सरह समान आधारमा र समान तरिकाले आफ्नो पदबाट हटाउन सकिन्छ ।

नेपालको संविधान सम्बन्धी लोक सेवा आयोगमा सोध्ने सम्भावित प्रश्नोत्तर

१) नेपालको संविधान २०७२ को पहिलो संशोधन कुन् कुन् धारामा भयो ?
– धारा ४२ र २८६

२) प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्बन्धी हक हुनेछ भनी कुन मौलिक हकमा व्यवस्था गरिएको छ ?
– महिलाको हक

३) मौलिक हकको कार्यान्वयन कुन धारामा व्यवस्था गरिएको छ ?
– धारा ४७

४) राज्यका निर्देशक सिद्धान्त सम्बन्धी व्यवस्था नेपालको संविधानको कुन् भाग र धारामा गरिएको छ ?
– भाग ४ धारा ५०

५) उच्च शिक्षालाई सहज, गुणस्तरीय र पहुँचयोग्य बनाई क्रमशः निःशुल्क बनाउँदै लैजाने कुन नीतिसँग सम्बन्धित छ ?
– नागरिकका आधारभूत आवश्यकतासम्बन्धी नीति

६) कस्तो अवस्थामा अदालतमा प्रश्न उठाउन सकिँदैन ?
– भाग ४ राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वसम्बन्धी विषय कार्यान्वयन नभएको सम्बन्धमा कुनै अदालतमा प्रश्न उठाउन सकिने छैन ।

७) अवशिष्टको अधिकार कति भाग र धारामा छ ?
– भाग ५ धारा ५८

८) राष्ट्रपतिको पदावधि कति वर्षको हुने व्यवस्था छ ?
– निर्वाचित मितिले पाँच वर्ष

९) नेपालको शासकीय स्वरूप कस्तो हुने भनिएको छ ?
– बहुदलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली हुनेछ ।

१०) नेपालको कार्यकारिणी अधिकार कसमा निहित छ ?
– मन्त्रिपरिषदमा

११) सङ्घीय व्यवस्थापिका कस्तो हुने भनिएको छ ?
– दुई सदनात्मक(प्रतिनिधि सभा र राष्ट्रिय सभा)

१२) महाभियोगका व्यवस्था कति धारामा गरिएको छ ?
– धारा १०१

१३) विशेषाधिकारको व्यवस्था नेपालको संविधानको कुन धारामा गरिएको छ ?
– १०३

१४) संविधान र कानुनको व्याख्या गर्ने अन्तिम अधिकार कसलाई छ ?
– सर्वोच्च अदालतलाई

१५) न्याय सेवा आयोग कति सदस्यीय हुने व्यवस्था छ ?
–अध्यक्षसहित पाँच सदस्यीय

प्रकाशित मिति : १५ असार २०७९, बुधबार ०६:३३   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।