काठमाडौं । वि.सं. २००७ सालमा देशमा प्रजातन्त्रको स्थापना सँगै निजामती कर्मचारीको नियुक्ति छुट्टै र स्वतन्त्र निकायबाट गर्ने उद्देश्यले वि.सं. २००८ साल असार १ – (तदनुसार १५ जुन १९५१ इ.स.) गते लोक सेवा आयोगको स्थापना भएको हो । यस आयोगले निजामती सेवाका पदमा उपयुक्त उम्मेदवार छनौट गर्ने कार्य गर्दछ ।
नेपाल अधिराज्यको संविधान, २०४७ ले पनि लोक सेवा आयोगलाई एक स्वतन्त्र संवैधानिक निकायको रूपमा स्विकारेको छ । सोही संविधानको धारा १०१ ले आयोगका एक अध्यक्ष र आवश्यकता अनुसार अन्य सदस्यहरू रहने गरी लोक सेवा आयोगको गठन हुने व्यवस्था गरेको छ । आयोगका अध्यक्ष र सदस्यहरू ६ वर्षका लागि नियुक्ति गरिने व्यवस्था संविधानमा नै व्यवस्था गरिएको छ । आयागे का अध्यक्ष तथा सदस्यहरूलाई सर्वोच्च अदालतको न्यायाधीश सरह समान आधारमा र समान तरिकाले आफ्नो पदबाट हटाउन सकिन्छ ।
आजको लागि प्रश्नको उत्तर यसप्रकार रहेका छन् ।
१. सबैभन्दा बढी पटक सगरमाथाको शिखरमा पुग्ने आरोही को हुन् ?
उत्तर – कामिरिता शेर्पा (२६औँ पटक, २०७९ वैशाख)
– उहाँले यसअघिको आफ्नै रेकर्ड तोड्नुभएको ।
– विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पालाई पासाङ दावाले पछ्याइरहनुभएको । पासाङ दावाले एकै हप्तामा दुई पटक सगरमाथाको शिखर चुम्नुभएको । उहाँको यो २४औँँ र २५औँ पटकको सगरमाथा आरोहण हो ।
– सोलुखुम्बुको नाम्चेबजारनजिकै पर्ने थिसो निवासी निग्मानुरु शेर्पाले पनि यसपालि २४आँै पटक आरोहण गर्नुभएको । निग्मानुरु विश्वमै धेरै पटक सगरमाथा चढ्ने आरोहीमा तेस्रो बन्नुभएको ।
– यस्तै महिला आरोही ल्हाक्पा शेर्पा सगरमाथा १०औँ पटक पुग्न सफल हुनुभएको । सङ्खुवासभाकी ४८ वर्षीया ल्हाक्पा सगरमाथा आरोहण गर्ने दोस्रो नेपाली महिला हुनुहुन्छ ।
– फुर्वा तेञ्जिङ शेर्पाका आठ जना दाजुभाइ तथा दिदीबहिनी सबैले सगरमाथा आरोहण गरिसकेका ।
२. काठमाडौँ उपत्यकाको बिजुली आपूर्ति दिगो र भरपर्दो बनाउन अत्यावश्यक मानिएको मस्र्याङ्दी–काठमाडौँ २२० केभी डबल सर्किट प्रसारण लाइन कहिलेदेखि सञ्चालनमा आएको हो ?
उत्तर – वि.सं. २०७९ असार २
– योसँगै मस्र्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ उपत्यकामा ल्याउन सहज हुने भएको ।
– कुलेखानी नचलेका बेला मस्र्याङ्दी–काठमाडौँ प्रसारण लाइनमार्फत विद्युत्लाई काठमाडौँ हुँदै हेटौँडातर्फ र हेटौँडाबाट काठमाडौँतर्फ थप विद्युत् प्रवाह गराउन सकिने । यो लाइन काठमाडौँ उपत्यकामा विद्युत् प्रवाहका लागि लाइफलाइन हो ।
– २२० केभी क्षमता भए पनि केही सबस्टेसनका संरचना बनिनसकेकाले हाललाई १३२ केभी क्षमतामा सञ्चालन गरिएको प्राधिकरणले जनाएको । काठमाडौँको मातातीर्थ र तनहुँको मार्किचोकमा २२०÷१३२÷३३ केभी, ३२० एमभीए क्षमताको सबस्टेसन निर्माणाधीन छन् । ती सबस्टेसनको अन्तिम चरणका थोरै काम बाँकी रहेको र सम्पन्न हुनासाथ यी प्रसारण लाइन २२० केभीमा सञ्चालनमा ल्याइने प्राधिकरणले जनाएको ।
– यो प्रसारण लाइन निर्माण २०७३ भदौमा सुरु भएको ।
– नेपाल सरकारको लगानी र नर्वे सरकार तथा एसियाली विकास बैङ्कको सहुलियतपूर्ण ऋणमा आयोजना निर्माण गरिएको ।
३. नेपालको पहिलो राष्ट्रिय जलस्रोत नीति कहिले सार्वजनिक भएको हो ?
उत्तर – वि.सं. २०७७ पुस २
– ऊर्जा मन्त्रालयद्वारा सार्वजनिक सो नीतिमा सातवटा उद्देश्य रहेको ।
– नीतिमा ११ रणनीति र ११५ कार्यनीति रहेको ।
– जलस्रोत नीतिले कृषियोग्य भूमिमा वर्षैभरि सिँचाइ सुविधा पु–याउने, सर्वसुलभ रूपमा खानेपानी सेवा उपलब्ध गराउने, वर्षा र सुक्खायामबीचको जलविद्युत् उत्पादन क्षमताको भिन्नतालाई कम गर्न बहुउद्देश्यीय जलाशययुक्त तथा अन्तरजलाधार जल स्थानान्तरण आयोजनाको विकासलाई प्राथमिकता दिनेलगायतका कुरालाई विशेष जोड दिएको ।
४. मोबाइल उत्पादन गर्ने विश्वकै पहिलो कम्पनी कुन हो ?
उत्तर – मोटोरोला, अमेरिका (सन् १९७६ अप्रिल)
५. ‘ई–क्लास नेपाल’ एप कहिले सार्वजनिक गरिएको हो ?
उत्तर – वि.सं. २०७७ मङ्सिर २३
– यो एप सिकाइ सहज बनाउने उद्देश्यले तयार पारिएको ।
– कक्षा १ देखि १० सम्मको पाठ्यक्रम र पाठ्यपुस्तकमा आधारित यो एप शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा सार्वजनिक गरिएको ।
६. अमेरिकन खगोलविद्द्वय लेविस स्विफ्ट र होरस टटलद्वारा सन् १८६२ मा पत्ता लगाइएको पुच्छ«ेतारा कुन हो ?
उत्तर – स्विफ्ट टटल
– सन् १९९२ मा सूर्यको नजिक आएको यो पुच्छ«ेतारा अब सन् २१२५ मा आउने खगोलविद्ले जनाएका ।
– हाल पृथ्वीको नजिक नरहेको यो पुच्छ«ेताराले आफ्नो कक्षमा छोडेका चट्टान र धुलोका कणहरू पृथ्वीको वायुमण्डलमा तीव्र गतिले प्रवेश गर्दा घर्षण भई जल्न पुग्छन्, जसलाई उल्का वर्षा भनी चिनिन्छ ।
७. आयात–निर्यात कार्य सहज बनाउन सञ्चालनमा ल्याइएको पोर्टल कुन हो ?
उत्तर – नेपाल ट्रेड (नेपाल सरकारद्वारा ल्याइएको)
८. प्रथम महिला उद्यमी हरित औद्योगिक ग्राम स्थापनाका लागि चयन गरिएको ठाउँ कुन हो ?
उत्तर – पाँचखाल (काभ्रे)
९. राष्ट्रिय योजना आयोगद्वारा ‘समृद्ध नेपाल सुखी नेपाली’को लक्ष्य प्राप्तिका लागि समृद्धि र सुखका कति कति सूचक तयार गरिएको छ ?
उत्तर – समृद्धि : ३२ र सुख : २३
१०. बीपी कोइराला राष्ट्रिय पुरस्कारबाट कसलाई सम्मानित गरियो ?
उत्तर – संस्थातर्फ : बीपी सङ्ग्रहालय (सुन्दरीजल) र व्यक्तितर्फ : पुरुषोत्तम बस्नेत
– त्यस्तै बीपी कोइराला राष्ट्रिय पुरस्कारबाट सम्मानित हुने अन्य व्यक्तित्वमा साहित्यिक आख्यानतर्फ डा. धु्रवचन्द्र गौतम र काव्यमा डा. विष्णुविभु घिमिरेलाई सम्मान गरिएको ।





















प्रतिक्रिया