काठमाडौं । नेपाल बंगलादेश बैंक (एनबी) नबिल बैंकमा गाभिएको छ । सोमबार एक भव्य समारोहका बीच दुई बैंकले एकीकृत कारोबार सुरु गरेसँग एनबी बैंक नबिलमा गाभिएको हो ।
दुई बैंक मर्जर नबिल बैंकको नामबाट एकीकृत कारोबारको नेपाल सरकारका मुख्य सचिव शंकरदास वैरागीले गरेका हुन् । योसँगै अब नेपाल बंगलादेश बैंकका सबै कार्यालयहरु नबिल बैंकमा रुपान्तरण भएका छन् । नेपाल बंगलादेश बैंकका देशभरका १०० शाखाहरु नबिल बैंकमा रुपान्तरण भएका छन् ।
योसँगै नेपाल बंगलादेश बैंकको सम्पूर्ण सम्पत्ति तथा दायित्वको नबिल बैंकले प्राप्त गरेको छ र देशकै सबभन्दा ठूलो वितीय संस्था समेत भएको छ ।
नबिल बैंक र एनबी बैंक एकआपसमा प्राप्तिको आवश्यकता र औचित्यमा छलफल पश्चात समग्र बैंकिङ्ग प्रणालीको आवश्यकताहरुलाई समेत मध्यनजर गर्दे बैंक प्रति सर्वसाधारणको विश्वासनियतामा थप अभिबृद्धि गर्न कदम चालेका बैंकका सीईओ ज्ञानेन्द्र ढुंगानाले बताए ।





















प्रतिक्रिया