Logo

अर्थ

अन्ततः हिमालयन बैंकमा गाभियो सिभिल



काठमाडौं । अन्ततः हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्ने सम्झौतापत्रमा सम्झौता भएको छ। याक एण्ड यतिमा होटलमा बुधबार दुईपक्षबीच सम्झौता भएको हो । गत शुक्रबार हुने भनिएको प्राप्ति सम्झौता रोकिएपछि भाँडिने आंशका गरिएको थियो ।

हिमालयन बैंकमा सिभिल बैंक गाभिने गरी सम्झौता भएको हो। हिमालयन र सिभिल बैंकबीच १००ः८१ अनुपातमा मर्जर सहमति भएको हो । गाभिएसँगै अब हिमायलनकै सञ्चालक समिति रहने छ। यता नाम पनि हिमालयन बैंक नै रहनेछ ।

सम्झौतासँगै सिभिल बैंकको शेयर कारोबार भने रोक्का हुनेछ । हिमालयनले सिभिल प्राप्ति गरेपछि चुक्ता पुँजी २२ अर्ब हुनेछ । सीईओ हिमालयनका अशोक राणा नै रहने छन् भने डेपुटी सीईओ भने सिभिलका सीईओले पाउने छन्।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार १८:१२   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।