Logo

कर्पोरेट फोकस

सानिमा बैंकद्वारा सी-आस्बा शुल्क नलिने घोषणा



सानिमा बैंकले पनि अबदेखि सी–आस्बा शुल्क नलिने घोषणा गरेको छ ।

बैंकले बिहीबार एक सूचना जारी गर्दै सी–आस्बारआस्बा सेवा निःशुुल्क प्रदान गर्ने जानकारी गराएको हो । जसअनुुसार अबदेखि लगानीकर्ताले सानिमा बैंकबाट निःशुल्क आईपीओ भर्न पाउने भएका छन् ।

यसअघि कुमारी बैंकले पनि योे सेवा निःशुल्क प्रदान गर्ने घोषणा गरिसकेको छ ।

यता राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एसिया बैंक र नबिल बैंकले सी–आस्बा सेवा निःशुुल्क प्रदान गर्दै आएका छन् ।

पछिल्लो समय बैंकहरुले मनपरी रुपमा सी–आस्बा शुुुल्क बढाउन थालेपछि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले त्यसमा हस्तक्षेप गरेको थियो । सेबोनले सी–आस्बा सेवाको शुल्क अधिकतम ५ रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेको छ ।

यसअघि सेबोले यो सेवा प्रदान गरेबापत बैंकहरुलाई अधिकतममा १०० रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेको थियो ।

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार १५:२८   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।