Logo

अर्थ

निरन्तर उकालो लाग्दै सुनको मूल्य, आज पनि हजार रुपैयाँले बढ्यो



काठमाडौं । नेपाली बजारमा (मंगलबार) सुनको मूल्य फेरि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको हो ।

आज छापावाला सुन प्रतितोला ९८ हजार २०० रुपैयाँ र तेजाबी सुन ९७ हजार ७०० रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको थियो । यो दिन छापावाला सुन प्रतितोला ९७ हजार २०० रुपैयाँ र तेजाबी सुन ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।आज चाँदीको मूल्य तोला

मा ३० रुपैयाँले बढेर १ हजार ३२५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार २९५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलवार ११:४३   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।