नेकपा एमाले र नेकपा माओवादीको सहकार्य प्रारम्भ भएसँगै माओवादी केन्द्रका महासचिव देव गुरुङ नेपालमा एउटै कम्युनिस्ट पार्टी बनाउने अभियानमा आफू लागेको बताउछन् । वाम एकताको पक्षधर महासचिव गुरुङ यसअघिसमेत कम्युनिस्ट पार्टीबीच एकीकरण हुनुपर्नेमा अडान लिदै आएका छन् ।
भैरहवामा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सबै कम्युनिष्ट घटकहरूबीच सहमति र सहकार्य आवश्यक रहेकाले देशमा एउटै कम्युनिष्ट पार्टी बनाउने अभियानमा लागेको बताएका हुन् । कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहितको दलको समर्थनमा माओवादी केन्द्र अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेसँगै वाम एकीकरणको चर्चासमेत सुरु भएको हो ।
वाम एकीकरणको चर्चा भइरहेकै बेला महासचिव गुरुङको यस्तो धारणा आउनु र तीन कम्युनिस्ट पार्टीका नेताबीच सघन छलफल हुनुले भोलीका दिन त्यो सम्भव रहेको देखिन्छ । ‘सबै कम्युनिस्ट घटकबीच सहमति र सहकार्य आवश्यक रहेकाले देशमा एउटै कम्युनिस्ट पार्टी बनाउने अभियानमा हामी लागेका छौं ।
कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहितको दलको समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेसँँगै वाम एकताको विषयलाई चर्चा पाइरहेका बेला महासचिव गुरुङको सो धारणा सार्वजनिक भएको हो । भैरहवामा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सबै कम्युनिष्ट घटकहरूबीच सहमति र सहकार्य आवश्यक रहेकाले देशमा एउटै कम्युनिष्ट पार्टी बनाउने अभियानमा लागेको बताएका हुन् ।
कम्युनिष्टको एकताविना प्राप्त राजनीतिक उपलब्धिको रक्षा नहुने भन्दै उनले संसदभित्र र बाहिर रहेका कम्युनिष्टबीच आपसी संवाद र छलफलबाट एउटै कम्युनिष्ट पार्टी बनाउनुपर्नेमा जोड दिए । संविधान, लोकतन्त्रको रक्षा र संसद्को पुनर्स्थापना गर्न सफल भए राष्ट्रिय स्वाधीनतामाथि खतरा र बाह्य शक्तिले चलखेलप्रति नेतृत्वको ध्यान नपुगेको गुरुङको भनाइ छ ।




















प्रतिक्रिया