Logo

कर्पोरेट फोकस

खराव कर्जा लुकाएर अर्को अपराध गर्दै सनराइज बैंक, राष्ट्र बैंकबाट पटकैपिच्छे कारबाही (भाग-२)



काठमाडौं । सबैभन्दा कम्जोर बैंकका रुपमा रहेको सनराइज् बैंक लिले आफूलाई जोगाउनका लागि खराज कर्जामा किर्ते गरेको पाइएको छ । राष्ट्र बैंकलाई छलेर नियम विपरित कर्जाको प्रिमियमदर बढाएर ब्याज असुलको बाटो अपनाएको उक्त बैंक राष्ट्र बैंककै कार्बाहीमा परेपछि बैंकले आफूलाई सक्षम देखाउन खराव कर्जा लुकाउने अर्को प्रपन्च गरेको हो ।

बैंक व्यबस्थापनको असक्षमताका कारण बैंकको खराव कर्जा अनुपात करिव ४ प्रतिशत पुगेको छ । तर सिइओ शुमन शर्माले त्यसलाई ढककछोप गर्न लगाई २.९८ प्रतिशत देखाएका छन् । जथाभावि कर्जा परिचालन गरेपछि बैंक संकटतिर अघि बढेको छ । बैंकको खराव गतिविधि रोक्न नेपाल राष्ट्र बैंकले तीनमहिनामा ३ पटक उक्त बैंकलाई काबार्हही गर्नुपरेको छ ।

बैंकको नाफामा अत्याधिक गिरावट आएपछि सिइओ शुमन शर्मा तनाबमा छन् । यस बैंकको ६१ प्रतिशत भन्दा बढीले नाफा घटेको छ । २०७८ असोजसम्म १.१३ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुमापत चालु आव २०७९ मा आइपुग्दा बढेर २.९८ प्रतिशत देखिएको छ । बैंकको प्रतिवेदनमा देखाइएको उक्त खराव कर्जा बैंकको नेतृत्वले घटाएर कम देखाउन लगाएको हो ।

नेपाल राष्ट्र बैंकबाट सर्वाधिक कार्बाही

सनराइज् बैंक लिमिटेड नेपाल राष्ट्र बैंकबाट सर्वाधिक कार्बाहीमा पर्ने बैंकको रुपमा रेकर्डेट भएको छ । विभिन्न समयमा विभिन्न असंबैधानिक कार्यमा संलग्न हुनुका साथै संचालक समिति अध्यक्षसँग प्रमुख कार्यकारी अधिकृतको साँठगाँठले बैंक संकटको दिशातिर अघि बढेको छ ।

चालु आवको पहिलो त्रैमासमा यो बैंकलाई राष्ट्र बैंकले ३ पटक कारवाही गरिसकेको छ । पछिल्लो पटक नियम विपरित कर्जाको प्रिमियमदर बढाएर ब्याज असुल गरेपछि सनराइजलाई राष्ट्र बैंकले अर्को कार्बाही गर्नुपरेको हो ।

यो पनि पढुनुहोस्

बैंक डुव्दै गएपछि सनराइज बैंकले शेयरधनीलाई लाभांश दिन नसक्ने

प्रकाशित मिति : २० पुष २०७९, बुधबार १९:०४   :  बजे

11.5K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।