Logo

प्रमुख समाचार

मधेस र लुम्बिनी प्रदेश सरकारमा सहभागी हुँदै लोसपा



काठमाडौँ । मधेस प्रदेश र लुम्बिनी प्रदेश सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल सहभागी हुने भएको छ ।

लोसपाले संघीय सरकार र प्रदेश सरकारमा पनि सहभागी हुने भएको हो । लोसपाका कार्यकारिणी समिति सदस्य सर्वेन्द्रनाथ शुक्लाले मधेस प्रदेश र लुम्बिनी प्रदेशमा सहभागी हुने बताएका हुन् ।

आठ दलीय सत्ता गठबन्धनमा सहभागी भइसकेपछि सरकारमा जाने कुरा स्वाभाविक हुने भन्दै उनले प्रदेश सरकारमा सहभागी हुने विषयमा छलफल भइरहेको जानकारी दिए ।

लोसपाको मधेस प्रदेशमा ९ र लुम्बिनी प्रदेशमा ३ जना सांसद छन् । लोसपाका कार्यकारिणी समिति सदस्य एवं मधेस प्रदेश समितिका अध्यक्ष जितेन्द्र सोनलले आफ्नो पार्टी केन्द्रको सरकारमा सहभागी हुने भएपछि प्रदेश सरकारमा पनि सहभागी हुने बताए ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार १७:०५   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।