काठमाडौं । भनिन्छ– ‘पाँच पैसाको ल्वाङ छैन, दश पैसाको स्वाङ’ । नेपाली समाजमा चर्चित यो उक्ति एनआईसी एशिया बैंकको नारा तथा प्रचारप्रसार र यसको वास्तविकतासँग ठ्याक्कै मेल खान्छ भन्दा दुई मत नहोला । l
बजारमा ‘बैंक पनि साथी पनि’ भन्ने मूल नारा बनाएको एनआईसी एशियाले पछिल्लो समय अचाक्ली नै गरेको खुल्दै आएको छ । एनआईसी एशियाको यस्तो प्रवृत्तिबाट ग्राहकहरु नै त्राहीमाम भएका देखिन्छ ।
कहिले कसले मेरो खाताबाट रकम गायब भयो भन्छन्, कहिले कसैले मेरो हिसाब गडबड भयो भन्छन् त कहिले धितो राखेको अर्बौंको सम्पत्ति नै हडप्यो भन्छन् । केही गरी एक महिनाको व्याज वा किस्ता नबुझाउँदा भोलिपल्टै धीतो राखिएको घर जग्गा वा कुनै पनि सम्पत्ति लिलाम गर्नुका साथै घेर्न सुरक्षा गार्ड पठाउने गरेको पनि पनि पीडितहरु बताउँछन् ।
पछिल्लो सयम बैंकिङ क्षेत्रमा देखिएको यी यस्तै बेथिति तथा विसंगतिका कारण कतिले आत्महत्याको बाटो रोजेका छन् त कयौँ मानसिक रोगी भएर बाँचिरहेका छन् । यस मामिलामा एनआईसी एशिया सबैभन्दा अग्रस्थानमा रहेको पीडित तथा ऋणीहरु बताउँछन् ।
यस्तो बेथितिको नमुना बनिरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन्, रोशनकुमार न्यौपाने । आम नागरिकलाई सजिलै लुट्न सक्ने खुबी भएका उनको भित्रि छवि झन् अचम्मको छ । पहिलो कार्यकाल गुजारेर दोस्रो कार्यकाल सीईओका रुपमा काम गरिरहेका न्यौपानेले सरकारकै आँखा छलरेर ऐलानी जग्गा हडपेर जंगबहादुरले ब्रिटेनबाट कालिगढ झिकाएर बनाएका दबारजस्तो आलीशान महल बनाएका छन् ।
न्यौपानेको यो कदम मुलुक र आम नागरिकका लागि पक्कै पनि हितकर छैन, किनभने सरकारी जग्गा व्यक्तिले हडप्नु भनेको आमनेपालीको सम्पत्ति गुम्नु हो ।
एउटा बैंकको सीईओले इमानदार ढंगले कमाउने भनेको वर्षमा डेढदेखि २ करोड हुनसक्ला । त्यति कमाईले मुलुकमा कसैको नभएको घर बनाउन सक्ने हैसियत कसरी राख्छ ? त्यसमा पनि बुटिक शैलीमा निर्माण भएको मन्दिरसहित ।
नेपालमा बनेका राणाकालीन दरबारभन्दा कम कलात्मक छैन, न्यौपानेको यो घर । त्यसमा पनि नेपालमा यस्तो डिजाइनका घर कमै बनेका छन् । न्यौपानेको यो घर भारतमा फिल्म खिच्न बनाइएका सेट जस्तो छ । स्थानीय तहको पुनः संरचना हुनुभन्दा पहिले अर्कै ढर्राले बनेको घर पछि कलात्मक एवं आलीशान बनाइएको हो । घर मात्रै होइन मन्दिर पनि भव्य छ ।
वास्तविकता के छ भने उनले पूर्वी मोहडासँगै जोडिएको ऐलानी पर्ती जग्गामा कम्पाउण्ड मात्रै हालेनन् । घरको आधा भाग नै ऐलानी जग्गामा पर्छ । उनले कतिसम्म बेइमान गरेका छन् भने मन्दिर छेवैबाट तल झर्ने बाटो नै बन्द गरेर मन्दिर तथा कम्पाउण्ड र बारी बनाएका छन् । स्थानीय तह आउनभन्दा अघि गाविस हुँदै उनले बनाएको घरलाई अहिले पैसा र पावरका बलमा आलीशान बंगलामा परिणत गरेका हुन् । सीईओ न्यौपानेले बनाएको घरको बनावट, साजसज्जा र माहोल हेर्दा उनले सम्भ्रान्त मारवाडीहरु तथा भारतीय उच्च पाहुना रिझाउने जुक्ति लगाएको सोझै अड्कल गर्न सकिन्छ ।
सीईओ न्यौपाने निर्माण गरेका ती संरचना ऐलानी जग्गामा परेको स्पष्ट देखिए पनि स्वयं न्यौपानलेले भने यसलाई अस्वीकार गर्छन् । अनलाइनपानासँग उनले यी कुनै कुरामा सत्यता नभएको बताएका छन् ।
राष्ट्र बैंकका पदाधिकारी तथा कर्मचारी, न्यायालय र कानून व्यवसायीलाई सकेण्डभरमा किन्न सक्ने हैसियत राख्ने उनी कसैको धितो चुट्कीका भरमा लिलाम गर्न पनि पछि पर्दैनन् ।
बैंक तथा वित्तीय संस्थालाई नियमन गर्ने नेपाल राष्ट्र बैंक एनआईसी एशिया र सीईओ न्यौपानेसामू निरिह जस्तै देखिन्छन् । राष्ट्र बैंकको गुनासो सुन्ने निकायले एनआईसी एशियाबारे धेरे लामो कुरै गर्न चाहँदैन । धेरै पटकको प्रयासपछि सुपरीवेक्षण विभागका प्रमुख देव ढकालले अनलाइनपानालाई संक्षिप्त प्रतिक्रिया दिए । ‘यो त राष्ट्र बैंकको चासोभन्दा पनि सरकारी जग्गा हडपे भने त अर्को कानुनले काम गर्ने हो’, उनले भने, ‘जग्गा फर्काउने र कारबाही गर्ने/नगर्ने हामीले हेर्ने होइन । राष्ट्र बैंकको नियमन दायरा यो होइन ।’
यस्तै राष्ट्र बैंकका सहायक प्रवक्ता एवं सूचना अधिकारी नारायणप्रसाद पोखरेलले त झन् यस विषयमा राष्ट्र बैंक बोल्नै नमिल्ने बताए । ‘यसमा त राष्ट्र बैंक किन बोल्छ र !’, उनले भने, ‘यसमा त राष्ट्र बैंक जोडिहाल्न मिल्दैन । यो त भूमिसुधार मन्त्रालय वा माल्पोतले गर्ला ।’
राष्ट्र बैंकको कुरा सुनेपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उसचिव एवं सूचना अधिकारी टेकराज अर्यालाई जिज्ञासा राख्यौं । जवाफमा उनले भने, ‘सरकारको नाममा रहेको जग्गा कसैले अतिक्रमण गर्न मिल्दैन । अतिक्रमण गरेको पुष्टि भए जग्गा फिर्ता गर्न हामी पहल गर्छौं ।’
भिडियाे हेर्नुहाेस्
- याे पनि…
एनआईसी एशिया बैंककाे लुटाहा प्रवृत्ति नरोकिए सडकमा आगो बल्छ: सुशिल बस्नेत [अन्तर्वार्ता]
गम्भीर अपराधमा मुछिएको एनआईसी एशिया सीआईबीको निगरानीमा, राष्ट्र बैंक मुकदर्शक
एनआईसी एशियाका कर्मचारीमाथि विप्लव समूहले दल्यो कालोमोसो
एनआईसी एसिया बैंकले लियो ऋणीको ज्यान, पीडित भन्छन् – छाक टार्न सक्ने अवस्था छैन किस्ता कसरी तिर्नु ?
सिइओ साप ! एनआईसी एशिया बैंकलाई बजारमा चोर बैंक भन्छन् नि, अब कहिले सुध्रने ? (भिडियो सहित)
एनआईसी एशिया बैंकमा चरम असन्तुष्टि, धमाधम बैंक छोड्दै उच्चपदस्थ कर्मचारी



















प्रतिक्रिया