Logo

अनलाइनपाना खोज

एनआईसी एसिया बैंकले लियो ऋणीको ज्यान,पीडित भन्छन् – छाक टार्न सक्ने अवस्था छैन किस्ता कसरी तिर्नु ? (भाग-२)

बैंकका मालिक र कर्मचारीलाई कालोमोसो दुर्गा प्रसाईंको चेतावनी



पछिल्लो समय बैंक तथा वित्तीय संस्थाका कारण ऋणीहरु चपेटामा परेका छन् । बैंकहरुले मनोमानी ढंगबाट कर्जा प्रवाह गर्ने र ऋण असुल्दा पनि आक्रामक बन्दा सयौँ घरबारविहीन बन्ने अवस्थामा पुगेका छन् । कतिपय ऋणीले त आत्महत्याको बाटो समेत रोज्न थालेका छन् ।

बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि भन्ने मुल नारा बोकेको एनआईसी एसिया बैंकले कहिल्यै साथी बन्न सकेन। आकर्षित नारा राखेर बैंकले ग्राहकलाई आकर्षित गरे पनि काम कुरो एकातिर, … भने झैँ गर्ने गरेको छ ।

बैंकले ऋणीलाई घर न घाटको बनाएको रहस्य बाहिरिएको छ । बैंकले मर्नु न बाच्नुको स्थितिमा पुर्याएको एक ऋणीको आरोप छ ।
एनआईसी एसिया बैंकका कारण मृत्यु भएका श्रीमानको मृत्युदर्ताको प्रमाणपत्र बोकेर एक पीडितले रुँदै भनिन्, ‘१५ गतेका बैंकले लिलामी निकाल्ने सूचना आयो । यो सहन नसकेर हृदयघात भई १३ गते नै श्रीमानको मृत्यु भयो ।

म मेरो श्रीमानको मृत्युदर्ताको प्रमाणपत्र बोकेर आएको छु ।’ उनी थप्छिन्, ‘म धेरै पीडित छु । मेरो सानासाना छोराछोरी छन् । बैंकले २ करोड भ्यालुयसन गर्छ । १ करोड मात्र लोन दिन्छ । हप्ताको ३ चोटी चिट्ठी पठाउँछ । एउटा दुईटा किस्ता रोक्ने बित्तिकै लिलामी निकाल्छ । मान्छेलाई मृत्युको मुखमा पुर्याउँछ ।’

उनी मात्र होइन बैंकबाट धेरै ऋणी यस्तै पिडामा छन् । उनी प्रश्न गर्छिन्, एनआईसी एसिया बैंकविरुद्धमा बोल्ने को ?’
बैंकले पीडितसँग राम्रोसँग कुरा नै नगर्ने उनको गुनासो छ । एक करोड २७ लाख एकैचोटी तिर्न बैंकले दबाब दिएको भन्दै उनले फेरि प्रश्न गरिन्, घरमा एक छाक खान सक्ने अवस्था छैन किस्ता कसरी तिर्नु ?’

पीडितलाई ढाडस दिँदै सामाजिक अभियन्ता दुर्गा प्रसाईले बैंक बन्द गर्ने चेतावनी दिएका छन् । प्रसाई भन्छन्, ‘यस्तै तरिका हो भने बैंक भोलीदेखि नै बन्द हुन्छन् । बैंकका मालिक र कर्मचारीलाई जहाँ भेट्यो त्यही कालोमोसो दल्ने हो ।’ उनी थप्छन्, ‘जनताका छोराको भविष्यमाथि खेलवाड गर्ने टाई लगाएका गुण्डा (बैंकका सीईओ) हरुले अब होसियार । हामी सहनेवाला छैनौँ । ‘

यो पनि पढ्नुहोस्

सिइओ साप ! एनआईसी एशिया बैंकलाई बजारमा चोर बैंक भन्छन् नि, अब कहिले सुध्रने ? (भिडियो सहित)

प्रकाशित मिति : २४ माघ २०७९, मंगलवार ०७:२६   :  बजे

726
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।