Logo

अनलाइनपाना खोज

सिइओ साप ! एनआईसी एशिया बैंकलाई बजारमा चोर बैंक भन्छन् नि, अब कहिले सुध्रने ? (भिडियो सहित)



काठमाडौं । आफूलाई नम्बर वान घोषणा गर्दै बैंक पनि साथि पनि, राम्रो पनि हाम्रो पनि स्लोगन राखेको एनआईसी एशिया बैंकले बिगत दुई वर्षदेखि सेयर होल्डरहरुलाई लाभांश समेत दिएको छैन । आफ्ना कमजोरी लुकाउन राष्ट्रलाई दोषी देखाउदै बैंकले यस बर्ष पनि सेयर धनीलाइै ‘हिस्स बुढी हरीयो दात बनायो’ ।

अधिकांस सेयरधनीलाई छिर्न समेत निषेध गरिएको र्बैकको २५ औं वार्षिक साधारणसभा त्यतिबेला रोचक देखियो जब सेयर धनीले नै बैंकको धज्जी उडाउन थाले । सभामा प्रवेश पाएकाहरुले सिइओ रोशन कुमार न्यौपाने र अध्यक्ष तुलसीराम अग्रवालको धोति राम्रैसंग उतारीदिए ।

उनीहरुले सेयर धनीलाई लाभांशसंम्म दिन नसक्ने बैंक र संचालकप्रति खेद प्रकट गर्दै भने – ‘सिइओ र अध्यक्षको चरित्र लुगा लगाएर पनि नाङ्गै हिडेजस्तै छ ।’ र्बैक जति नै ठूलो भएपनि सेयर धनीको हातमा एक सुको नपरेपछि यस्तो बैंकको अन्य सूचक जति नै अब्बल भएपनि अर्थहिन भएकोले सिइओको कार्यक्षमता माथि नै प्रश्न उठेको एक सेयर धनीले बताए ।

राष्ट्र बैकमा वित्तिय विवरण पेश नै न गर्ने अनि लाभांस वितरण गर्न राष्ट्र बैकले दिएन भन्न लाज लाग्दैन ? उनले आक्रोसित भावमा भने । सभामा उपस्थित अधिकांश सेयर होल्डरहरुले विरोधमा जनाएका थिए ।

सभामा बोल्दै एक सेयर धनीले भने-‘अहिलेको परिस्थितिमा संचालक समितिले डलरतर्फ न लागि अलि संतुलित रुपमा बोनस दिएर आफ्नो उचाई अझै बढाउनु पर्ने अवस्था छ ।’ अहिले पैतीस चालीस अर्ब क्यापिटल भएका बैंकहरु आइसकेका छन्, तिनिहरुसंग प्रतिस्पर्धा गर्न जुनसुकै नियममा पनि पछि नहट्न सुझाए । उनले भने मैंले बोनसको अपेक्षा गरेको छु यो कुरा संचालक समितिले पनि ध्यान दिन्छ भन्ने आशा गरेको छु ।

रिपोर्टमा संचालक समितिले नै राष्ट्र बैंकमा यस वर्षको लाभांश प्रस्ताव नगरेको बैंक आफैले भनेको र त्यसको कारण नखुलाएकोमा आपत्ति जनाउदै सत्यतथ्य सार्वजनीक गर्नुपर्ने माग गरे । जब सेयर होल्डरको हातमा एक पैसा पर्दैन भने-‘सीइओ जती धनी भएपनी के गर्नु भन्दै व्यङ्ग गरे । उनले थपे, एक वर्ष मात्रै हो अर्को वर्ष आउँछ भन्यो यो वर्ष नि खै त सीइओ साप ? उनले गिज्याएको शैलिमा भने । हामीले राम्रो भन्नु भन्दा आफैं राम्रो बन्नुस्, तपाईले हामीलाई लाभांश दिएको भए हामी यहाँ कराउन आउने थिएनौं ।

त्यसैगरी अर्का सेयरधनीले संचालकको आश्वसनलाई स्मरण गर्दै भने – ‘अघिल्लो वर्षमा हामीले राष्ट्र बैंकको कारणले गर्दा लाभांश बाड्न पाएनौं, अर्को वर्ष लाभांश दिन्छौं भन्नु भएको हैन ? अझै कति बर्ष कुर्ने ?’ सिइओ साप तपाइलाई थाहा छ ! हाम्रो बैंक एनआईसी एशिया बैंकलाई बजारमा चोर बैंक भन्छन् नि अब कहिले सुध्रिनु हुन्छ ? उनले प्रश्न गरे । यति भन्दै गर्दा सिइओ न्यौपाने र अध्यक्ष अग्रवालको अनुहार हेर्न लायक थियो ।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार १८:४५   :  बजे

36.3K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।