एनआईसी एशिया बैंकमा चरम असन्तुष्टि देखिएको छ । आफूलाई अब्बल देखाउने प्रमुख कार्यकारी अधिकृत (सिईओ) रोशन कुमार न्यौपानेको होडबाजीका कारण बैंकका कर्मचारीमा चरम असन्तुष्टि पैदा भएको हो ।
हालै मात्र बैंकका उच्च व्यवस्थापन तहको (क) वर्गमा कार्यरत चिफ डेभलपमेन्ट अफिसर कपिल ढकालले सिइओ न्यौपानेको कार्यशैलीप्रति असन्तुष्टि जनाउदै बैंक छाडेका छन् । त्यस्तै बैंककै अर्का कर्मचारी प्रकाश बराल पनि बैंकबाट बाहिरिएका छन् । उनी एनआईसी एशिया बैंकको चिफ क्रेडिट अफिसर पदमा कार्यरत थिए ।
श्रोतका अनुसार बैंकमा निरंकुश राणा शासन प्रवृति हावी भएको भन्दै उच्च तहका अन्य थुप्रै कर्मचारी बैंक छाड्ने तयारीमा छन् । बैंक पनि साथी पनि राम्रो पनि हाम्रो पनिभन्ने मूल नारा बोकेको बैंकले यथार्थमा बैंकका साना शेयरधनी र काम गर्ने कर्मचारीका लागि भने साथी बन्न नसकेको एक जुनीएर कर्मचारीले अनलाइनपानालाई गुनासो पोखेका छन् ।
‘सिईओलाई खुसी नबनाए कुन ठाँउमा सरुवा गरिदिने हो, या जागिरबाटै निकालीने हो पत्तो हुन्न बिहान ९ बजे नै अफिस पुग्नुपर्छ । राती पनि १०/११ बजे सम्म काम गर्नुपर्ने हुन्छ । कहिलेकाहीं त घर पुग्दा अर्को दिन भैसक्छ उनले भने ।’
एनआईसी एशिया बैंक छाडेका ढकाल ज्योती विकास बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत र बरालले नायब प्रमुख कार्यकारी पदको जिम्मेबारी सम्हालेका छन् ।
यो पनी पढ्नुहोस्
सिइओ साप ! एनआईसी एशिया बैंकलाई बजारमा चोर बैंक भन्छन् नि, अब कहिले सुध्रने ? (भिडियो सहित)



















प्रतिक्रिया