Logo

मधेश प्रदेश

मधेस प्रदेश सरकारबाट बाहिरिँदै एमाले



काठमाडौं । नेकपा एमालेले मधेश प्रदेश सरकारबाट बाहिरिने तयारी गरेको छ ।

पुस २७ मा जसपाका दलका नेता सरोजकुमार यादवलाई समर्थन दिँदै एमाले सरकारमा सहभागी भएको थियो । एमाले संसदीय दलको बैठक बसेर सरकारबाट बाहिरिने तथा सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी रहेको एमाले सांसद हरिनारायण महतोले जानकारी दिए ।

प्रदेश सरकारमा रहेका एमालेका ४ मन्त्री र एक जना राज्यमन्त्रीले आज राजीनामा दिने भएका हुन् । एमाले हटेपछि सरकारमा नेपाली कांग्रेस, एकीकृत समाजवादी र लोसपा सहभागी हुने तयारी छ ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलवार १३:५९   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।