Logo

अर्थ

बागमतीमा बहादुरसिंह तामाङको नेतृत्वमा कांग्रेस सरकारमा



बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । जम्कट्टेलले गत चैत्र १२ गते प्रदेशसभाबाट विश्वासको मत लिएका थिए ।

बागमतीमा कांग्रेस सबैभन्दा ठूलो दलको रुपमा रहेको छ । कांग्रेसले छ वटा मन्त्रालयमा दाबी गर्दा गठबन्धनका दलबीच भागबण्डा मिलाउन सकस भएको थियो । आज हुने मन्त्रिपरिषद् विस्तारमा भने कांग्रेस बागमती संसदीय दलका नेता बहादुरसिंह तमाङ र तीर्थ लामा मन्त्री बन्दैछन् ।

तमाङलाई अर्थ र लामालाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिने तयारी रहेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार ०८:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।