Logo

अर्थ

सेयर बजार आज पनि राताम्य, परिसूचकसँगै कारोबार रकम पनि घट्यो



काठमाडाैं । साताको दोस्रो कारोबार दिन पनि सेयर बजारमा गिरावट आएको छ । सोमबार नेप्से परिसूचक २३.६४ अंक घटेर १९०८.०४ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ४.७८ अंक घटेको छ।

नेप्से घटेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। आज दिन २६७ स्टकको २७ हजार ३७४ पटकको कारोबारमा ९१ करोड ८२ लाख १९ हजार रुपैयाँ बराबरको ३१ लाख ३९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १.८८ प्रतिशत घटेको छ। त्यसैगरी, यसदिन बैंकिङ, वित्त, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

यस दिन आदर्श लघुवित्त, कालिञ्चोक दर्शन र मोलुङ्ग हाइड्रोपावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। कारोबार रकमका आधारमा यस दिन अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी शीर्ष स्थानमा रहेको छ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार १६:२७   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।