काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘यात्री’ लगायत नेपालमा उत्पादित सवारी साधन दर्तालगायतको कानूनी प्रबन्ध तत्काल मिलाउन निर्देशन दिएको बताएका छन् ।
प्रचण्डले नेपालमा उत्पादित सवारी साधन दर्ता एवं स्वदेशी उत्पादनलाई प्रवर्धन गर्नेगरि तत्काल कानुनी प्रबन्धको प्रक्रिया अगाडि बढाउन नेपाल सरकारका मुख्यसचिवमार्फत् सम्बन्धित निकायलाई निर्देशित दिएको बताएका हुन् । केही दिनेदेखि नेपालमै उत्पादित बिजुलीबाट चल्ने ‘यात्री’ मोटरसाइकल दर्ता नभएको भन्दै सरकारको चर्को आलोचना भएको छ। राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख तथा वैज्ञानिक महाविर पुनलेसहित सरकारविरुद्व सशक्त आन्दोलनको घोषणा गर्ने सामाजिक सञ्जालबाट चेतावनी दिइसकेका छन् । सरकारले नेपाली उत्पादनलाई प्रवद्वन नगरेको भन्दै आलोचना भएको हो ।
प्रधानमन्त्री प्रचण्डले आज मात्रै फेसबुकमा स्टाटस शेयर गर्दै ‘यात्री’ लगायतका नेपालमै उत्पादित सवारी साधनलाई दर्ता र प्रवद्वन गर्ने गरी कानूनी प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको बताएका छन् ।उनले लेखेका छन्, ‘‘यात्री’ लगायत नेपालमा उत्पादित सवारी साधन दर्ता नभएको भन्ने गुनासोलाई गम्भीरतापूर्वक लिएको छु । सवारी साधन दर्ता एवं स्वदेशी उत्पादनलाई प्रवर्धन गर्नेगरि तत्काल कानुनी प्रबन्धको प्रक्रिया अगाडि बढाउन नेपाल सरकारका मुख्य सचिवमार्फत् सम्बन्धित निकायलाई निर्देशित गरेको छु ।’
प्रधानमन्त्रीको निर्देशनलगत्तै मुख्यसचिवले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु मरासिनीलाई तत्कालै नेपालमा उत्पादित सवारी साधनको दर्ता एवं प्रवर्धन सम्बन्धि कानुनको मस्यौदा बनाई पेश गर्न निर्देशन दिएका छन्।




















प्रतिक्रिया