Logo

राजनीति

सरकार र महावीर पुनबीचको वार्ता सकारात्मक, आजै बेलुका पाँच बजेभित्र टोली गठन गर्ने



काठमाडौं । विगत तीन दिनदेखि धर्नामा रहेका राष्ट्रिय अविष्कार केन्द्रका प्रमुख डा. महावीर पुन र सरकारबीच भएको वार्ता सकारात्मक भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा उपप्रधान तथा रक्षामन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का, मुख्य सचिव शंकरदास वैरागी र महावीर पुनको टोलीबीच आइतबार दिउँसो रक्षा मन्त्रालयमा छलफल भएको हो ।

छलफलपछि पुनले सकारात्मक कुराकानी भएको जानकारी दिए । दुई पक्षबीच आजै साँझ ५ बजेभित्रमा टोली गठन गर्ने निर्णयसमेत भएको छ । ‘छलफल एकदमै सकारात्मक भयो’, उनले भने, ‘आज बेलुका पाँच बजेभित्र टोली गठन गर्ने निर्णय भएको छ । आज भ्याइयो भने रातारात छलफल गर्ने, नभ्याए भोलिसम्म आन्दोलनका माग पूरा गर्ने निर्णय भएको छ ।’

पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्र हेर्ने छुट्टै निकाय खडा गर्नुपर्ने र राज्यले यसमा लगानी बढाउनुपर्ने माग गर्दै काठमाडौंको माइतीघर मण्डलमा धर्ना जारी राखेका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आईतवार १४:३३   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।