Logo

प्रमुख समाचार

बैंगलोर उडेको जहाजमा चरासँग ठोक्किएको आशंकापछि काठमाडौं नै फर्कियो



काठमाडौं । काठमाडौंबाट भारतको बैंगलोरका लागि उडेको नेपाल एयरलाइन्सको जहाज पुनः काठमाडौं फर्किएको छ। विमानमा चरा ठोक्किएको आशंकापछि पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै उक्त जहाज फर्किएको हो ।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार शनिबार दिउँसो पौने २ बजे काठमाडौंबाट बैंगलोरतर्फ उडेको आर ए २४४ कलसाइनको विमान चरा ठोक्किएको आशंका भएपछि पुनः फर्किएको हो।

अहिले प्राविधिकहरुले उक्त जहाजको परीक्षण गरिरहेको प्रवक्ता सिटौलाले जानकारी दिए ।

प्रकाशित मिति : १३ जेष्ठ २०८०, शनिबार १६:५३   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।