सिन्धुली । सिनधुलीमा कमला खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ ।
सिन्धुली जिल्लाको कमलामाई नगरपालिका वडा नम्बर १३ का पुर्णप्रसाद दाहालको कमलाखोलाले बगाउँदा मृत्यु भएको हो प्रहरीले जनाएको छ । लगातार १५ दिनभन्दा बढीको खडेरी परेको थियो । हिजो आइतबार बेलुका एक्कासी पानी परेको थियो ।
आज बिहान १० बजे गोरु किन्न गएका दाहाल र साथमा गएका छिमेकी कर्णबहादुर कार्कीले गोरु किनेर ल्याउने क्रमममा नदीमा पसेको गोरु तान्ने क्रममा दाहाललाई खोलाले बगाएको भन्दै कार्कीले प्रहरीलाई जानकारी गराएका हुन । कार्कीले भिमानको प्रहरीलाई जानकारी गराएपछि गएको प्रहरी टोलीले घटना भएको ठाउँभन्दा दुई किलोमिटर तल दाहालको शव फेला पारेको हो । घटना कमलामाई वडा नम्बर –१४ खिरखिरे चन्दनपुर भन्ने स्थानमा भएको प्रहरीले जनाएको छ ।





















प्रतिक्रिया