Logo

सूचना/प्रविधि

 आजदेखि क्लिन फिड लागू, कुन कुन बिदेशी च्यानल बन्द भए ?



काठमाडौं । हिजो शुक्रबार मध्यरातपछि नेपालमा प्रशारण हुने विदेशी च्यानलमा क्लिन फिड लागु भएको छ । विज्ञापनरहित कार्यक्रम प्रसारण गर्नु पर्ने निमयलाई क्लिनफिड भनिन्छ । यो नियम लागु भएसँगै अधिकांश विदेशी च्यानलहरुको प्रशारण तत्कालका लागि बन्द गरिएको छ ।

विज्ञापन नियमन गर्ने ऐन २०७६ को दफा ६ को व्यवस्था अनुसार हिजो मध्यरातिपछि अनिवार्य क्लिन फिड लागू भएको हो । नेपालमा प्रसारण हुने अधिकांश विदेशी च्यानलहरुको स्वामित्व भारतीय टेलिभिजन नेटवर्क कम्पनीहरुसँग छ । उनीहरुले च्यानल क्लिन फिडमा उपलब्ध गराएका छैनन् ।

अधिकांश च्यानलहरुको प्रशारण रोकिए पनि भारतीय टेलिभिजन नेटवर्कहरु जी र सोनी अन्तर्गतका च्यानलहरु भने रोकिएको छैन ।यी च्यानलहरु विज्ञापनरहित कन्टेन्टमा आएकाले प्रशारण नरोकिएको बताईएको छ ।

हिजो रातिदेखि स्टार, बीबीसी, सीएनएन, डिस्कभरी लगायतका च्यानलहरु नेपालमा बन्द गरिएको छ । यी बन्द भएपछि हाल चलिरहेका इन्डियन प्रिमियर लिग (आइपिएल) र इंग्लिस प्रियमियर लिग (इपिएल) नेपालमा हेर्न नपाईंने भएपछि यी खेलका दर्शकहरु भने निरास भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गत वर्ष कात्तिक ७ गते ऐन प्रमाणीकरण गरेकी थिइन् । विज्ञापन ऐनअनुसार ऐन प्रमाणीकरण भएको एक वर्षभित्र क्लिनफिड लागू हुनुपर्छ । च्यानल सञ्चालकहरुले यसलाई गम्भीर रुपमा नलिदा माथी उल्लेखित च्यानलहरुका दर्शक तथा उपभोक्तामा मार परेको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार १०:३५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।