Logo

प्रमुख समाचार

मधेस प्रदेशमा पाँचौ पटक मन्त्रिपरिषद विस्तार हुँदै, ५ बजे शपथ



जनकपुरधाम । मधेस प्रदेशमा सोमबार पाँचौ पटक मन्त्रिपरिषद् विस्तार हुन लागेको छ । मुख्यमन्त्री सरोजकुमार यादवले आज मन्त्रिपरिषदलाई पूर्णता दिने तयारीमा जुटेका छन् ।

मधेस प्रदेशमा रिक्त दुई मन्त्रालयमध्ये कांग्रेसबाट एक र बिना विभागीय बनाइएकी जसपाका एक मन्त्रीले जिम्मेवारी पाउने भएका छन् ।

कांग्रेसबाट मोहम्म्द समिम गृह, सञ्चार तथा कानुन मन्त्री बन्ने भएका छन् भने बिना विभागीय मन्त्री सुरिता साह (जसपा) श्रम तथा यातायात मन्त्री बन्ने निश्चित भएको छ ।

पार्टीबाट मन्त्रीको नाम सिफारिस भएर आइसके पनि मुख्यमन्त्रीले उनीहरुलाई मन्त्रीको रुपमा नियुक्त भने गरिनसकेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीताराम अग्रहरीले जनाए ।

उनका अनुसार सोमबार नै उनीहरुलाई मन्त्रिपरिषदमा जिम्मेवारी तोकेर अपराह्न ५ बजे शपथ ग्रहणको तयारी भइरहेको छ ।

यसअघि जनमत पार्टीबाट मन्त्री बनेका बसन्त कुशवाहा र राज्यमन्त्री संजयकुमार यादवले सोमबार नै राजीनामा दिएका छन् ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार १६:३१   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।