काठमाडौं । विदेशी मुद्रा सटही गर्न चाहने सेवाग्राहीहरु प्रत्यक्ष लाभान्वित हुने गरी डिजिटल भुक्तानी सेवालाई बढावा दिने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले नेपाल राष्ट्र बैंक, बैंकिङ्ग विभाग, बालुवाटारमा नेपाल पे र फोन पे नेटवर्कको क्युआर कोड सेवा सञ्चालनमा ल्याएको छ ।
यी सेवाको उद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक दयाराम शर्मा पगेंनी, माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले संयुक्त रुपमा हस्ताक्षर गरी साउन २१ गतेदेखि सञ्चालनमा ल्याइएको छ ।
उक्त सेवाबाट नेपाल राष्ट्र बैंकमा विदेशी मुद्रा सटही लिन आउने सेवाग्राहीहरुले क्युआरमार्फत भुक्तानी गरी सटही सुविधा लिन सक्ने छन् । यसले सेवाग्राहीहरुको काम छिटोछरितो हुन गई नगदरहित कारोबारलाई समेत टेवा पुग्ने देखिन्छ ।





















प्रतिक्रिया