काठमाडौं । ट्विटरले अब ब्लक अप्सन हटाउने भएको छ । हालै नाम परिवर्तन गरेर एक्स राखिएको यो सामाजिक सञ्जालका प्रमुख एलन मस्कले ब्लक फिचरको कुनै अर्थ नभएकोले हटाइने बताएका छन् ।
उनले एक्सका प्रयोगकर्ता आफैं सचेत भइसकेका र ब्लकको सट्टा डिरेक्ट म्यासेजमार्फत त्यस्ता प्रयोगकर्तालाई सचेत बनाउन सक्ने बताएका छन् । तर कतिपय प्रयोगकर्ताले भने दुव्र्यवहारबाट बच्न यो नै उपयुक्त टुल रहेको बताएका छन् ।
एलन मस्कले गत वर्ष ट्वीटर खरिद गरेपछि यसमा धेरै परिवर्तन गरेका छन्, त्यसैको सिलसिलामा ब्लक फिचर हटाउन लागेका हुन् ।
हाल ट्वीटरमा कुनै युजरले अर्को एकाउण्टको पोस्ट हेर्न नचाहेमा, त्यसबाट कमेन्टहरु होस् भन्ने नचाहेमा ब्लक गर्छन् । ब्लक गरिएको एकाउण्टको पोस्ट आफ्नो टाइमलाइनमा देखिँदैन र आफ्नो पोस्ट पनि ब्लक गरिएको व्यक्तिले देख्न सक्दैन । ब्लक गरिएको एकाउण्टबाट डिरेक्ट म्यासेजहरु पनि आदान प्रदान हुन सक्दैन ।





















प्रतिक्रिया