Logo

प्रमुख समाचार

राजेन्द्र लिङ्देनलाई विमानस्थलमा कुराएर एमालेमा फर्किए कमल



काठमाडौं । पूर्वप्रदेशसभा सदस्य किशोरी साह ‘कमल’ नेकपा (एमाले) मै फर्किएका छन् । गत २०७९ को निर्वाचनमा जनमत पार्टी प्रवेश गरी चुनाव लडेका उनी बुधबार पुनः एमालेमा फर्किएका हुन् ।

उनी राप्रपामा प्रवेश गर्ने तयारी गरेका थिए । सिरहाको मिर्चैयामा आयोजित कार्यक्रममा सहभागी हुन बुधबार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन जनकपुरधाम हुँदै जाने क्रममा उनलाई पार्टीमा प्रवेश गराउने तयारी गरिएको थियो ।

तर अन्तिम समयमा कमलले राप्रपा प्रवेश गर्ने निर्णयबाट पछि हट्दै एमालेमा फर्किएका हुन् । कमल राप्रपामा नआउने भएपछि लिङ्देन जनकपुरधाम विमानस्थलबाटै सिरहाको मिर्चैया लागेका थिए ।

कमललाई एमाले मधेश प्रदेश अधिवेशनको उद्घाटन सत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरे । अध्यक्ष ओलीले उनलाई टिका लगाएर गम्छा ओढाएका थिए ।

२०७४ मा धनुषाको प्रदेशसभा क्षेत्र १ (१) बाट एमालेबाट उनी विजयी भएका थिए । तर टिकट नपाएकै कारणमा उनले २०७९ को निर्वाचनमा जनमत पार्टीमा प्रवेश गरी प्रतिनिधि सभामा निर्वाचन लडेका थिए ।

चुनावमा पराजित भएका कमल पुनः आफ्नो टिमसहित एमालेमा फर्किएका हुन् ।

एमाले फर्किएका कमलले एमाले छाड्नु आफ्नो गल्ती भएको र एमाले मात्रै मधेशको सच्चा हितैसी रहेको कारण आफू एमालेमै फर्किएको बताएका छन् ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार ०९:२६   :  बजे

360
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।