Logo

समाचार

अब एक्सबाटै अडियो/भिडियो कल



 काठमाडौं । सामाजिक सञ्जाल कम्पनी एक्स (पहिलेको ट्विटर)ले अडियो/भिडियो कलिङ सुविधासहितको फिचर सार्वजनिक गर्ने गर्ने तयारी गरेकाे छ । कम्पनीका मालिक एवं प्रमुख टक्नोलोजी अफिसर एलन मस्कले बुधबार एक रिपोस्ट गर्दै यसबारे जानकारी दिएका हुन् ।

एक्सलाई सुपरएपका रूपमा विकास गर्ने मस्कको योजनाको अर्को एक हिस्साका रूपमा यसलाई हेरिएको छ । अहिले एक्सले सीमित प्रयोगकर्ताका लागि यो फिचर सार्वजनिक गरेको छ ।

एक्समा अडियो तथा भिडियो कल गर्न अहिले पहुँच पाएका प्रयोगकर्ताले सेटिङमा गएर प्राइभेसी एन्ड सेफ्टीबाट डाइरेक्ट म्यासेजमा क्लिक गरेपछि अडियो तथा भिडियो कल फिचर अन गर्न सकिनेछ ।

सबै प्रयोगकर्ताका लागि यो फिचर कहिले सार्वजनिक हुन्छ भन्ने खुलाइएको छैन । मस्कले यो फिचर अहिले प्रारम्भिक चरणमा रहेको बताएका छन् ।

प्रकाशित मिति : ९ कार्तिक २०८०, बिहीबार १४:४७   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।