काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेट पदका लागि दरखास्त आह्वान गरेको छ। सेनाको भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले अधिकृत क्याडेट पदका लागि आवेदन माग गरेको हो। नेपाली सेनामा रिक्त २ सय २९ अधिकृत पद (सहायक सेनानी) खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको आवेदन माग गरिएको सेनाले जनाएको छ।
जसअनुसार सैनिकका सन्तती १२, खुल्लातर्फ १२२, महिला १७, आदिबासी–जनजाति ३३, मधेसी २७, दलित १५ र पिछडिएको क्षेत्रबाट ३ सहित कुल २२९ जना अधिकृत क्याडेट माग गरेको हो।
अधिकृत क्याडेट पदका लागि दरखास्त दिने उम्मेदवार प्रमाणपत्र वा सो सरह उत्तीर्ण हुनुपर्ने छ। अधिकृत क्याडेट वा स्नातक अधिकृत क्याडेट दुवैका लागि एसएलसी वा एसईई परीक्षामा अनिवार्य गणित विषय लिएको हुनुपर्ने छ ।
साथै अधिकृत क्याडेट पदका लागि १८ वर्ष पूरा भई २१ वर्ष ननाघेको र स्नातक अधिकृत क्याडेट पदका लागि १८ वर्ष पूरा भई २४ वर्ष ननाघेको हुनुपर्ने छ ।
आजदेखि मंसिर २३ गतेसम्म र दोब्बर दस्तुर बुझाई थप एक हप्तासम्म आवेदन दिन सकिनेछ।






















प्रतिक्रिया