Logo

प्रमुख समाचार

टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्च पुग्यो ५ रिट



काठमाडौं । सरकारले टिकटकमा प्रतिबन्ध लगाएपछि सरकारको निर्णयविरुद्ध सर्वोच्चमा ५ वटा रिट पुगेको छ । टिकटक बन्द गर्ने सरकारको निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा रिट पुगेको हो ।

टिकटक बन्दविरुद्ध सर्वोच्च अदालतमा ५ वटा रिट पुगिसकेकाे सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेले जानकारी दिए । हाल ती रिटहरु अध्ययनका क्रममा रहेको र अध्ययनपछि रिट दर्ता हुने कि नहुने वा कुन कुन रिट दर्ता हुने भन्ने सम्बनधमा निर्णय हुनेछ ।

२७ कात्तिकको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको थियो । टिकटकबाट पारिवारिक सम्बन्ध र सामाजिक सद्‍भाव बिगार्ने काम भएकाले त्यसलाई बन्द गर्ने निर्णय सरकारले गरेको हो ।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार ११:३६   :  बजे

165
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।