Logo

अर्थ

एनसेलबाट बाहिरिने आजियाटाको घोषणा



१३ मंसिर, काठमाडौं । मलेसियाको आजियाटा बर्हार्डले एनसेलबाट बाहिरिने घोषणा गरेको छ ।

व्यावसायिक चुनौती बढेको भन्दै आजियाटाले नेपालबाट बाहिरिने तयारी गरेको स्रोतले बताएको छ ।  एनसेलबाट बाहिरिने उद्देश्यका साथ आजियाटाले यसको सम्पत्ति बिक्रीमा राखेको बुधबार जारी एक विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीमा मलेसशयाको आजियाटा बर्हार्डको ८० प्रतिशत सेयर स्वामित्व छ । बाँकी २० प्रतिशत सेयर भने सुनिभेरा क्यापिटल भेन्चर प्रालिको छ । एनसेलको सम्पत्ति बिक्रीमा राखिएकाले आजियाटालाई १ अर्ब ३० करोड मलेसियन रिंगिट खुद घाटा रहेको विज्ञप्तिमा उल्लेख छ ।

एनसेलको सेयर ७ वर्ष अगाडि अजिएटाले किनेको थियो । अजिएटालाई स्वीडेनको टेलिया सोनेराले सेयर बेचेको थियो । आजियाटा मलेशियाको बहुराष्ट्रिय प्रविधि कम्पनी हो ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार १३:४६   :  बजे

192
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।