काठमाडौं । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले एनसेल काण्डमा नेपाली टेलिकम कम्पनीलाई रोक्नेहरू नै संलग्न रहेको बताएका छन् । देशमा एनसेल खरिद–बिक्री प्रकरणबारे चर्को बहस भइरहेका बेला सामाजिक सञ्जाल ट्वीटरमार्फत चौधरीले यस्ताे दाबीगरेका हुन् ।
ट्विटरमा उनले लेखेका छन्, ‘नेपाली जनताले टेलिकम क्षेत्रका माफिया र संगठनलाई चिन्न पाएका छन् ।’ यस्तै, सीजी टेलिकमले उपभोक्तालाई भ्वाईस र एमएसएस निःशुल्क उपलब्ध गराउने र ५० प्रतिशत सस्तोमा डाटा उपलब्ध गराउने वाचा गर्दा पनि लाइसेन्स पाउन नसकेको उनले बताएका छन् ।
‘सस्तोमा टेलिकम सेवा दिने वाचा गर्दा पनि किन नेपाली कम्पनीलाई स्वीकृति दिइएन भन्ने कुराको अब पटाक्षेप हुँदैछ,’ उनले थपे, ‘हेर्दै जाऔँ । अरू केके देख्न पाइन्छ ।’ यस्तै, एनसेल काण्डमा १० वर्षदेखि नेपाली टेकिलमलाई रोक्नेहरू नै संलग्न रहेको उनले बताएका छन् ।
नेपाली जनताले टेलिकम क्षेत्रका माफिया र संगठनलाई चिन्न पाएका छन् । सीजी टेलिकमले उपभोक्तालाई भ्वाईस र एसएमएस निःशुल्क उपलब्ध गराउने र ५० प्रतिशत सस्तोमा डाटा उपलब्ध गराउने वाचा गर्दा पनि किन नेपाली कम्पनीलाई स्विकृती दिइएन भन्ने कुराको अब पटाक्षेप हुदैछ । हेर्दै जाऔँ, अरु के के…
— Nirvana Chaudhary (@BeingNirvana) December 7, 2023





















प्रतिक्रिया