Logo

प्रदेश

मधेश सरकारले माघ ३ गते स्वाभिमान दिवस मनाउने



जनकपुरधाम । मधेश सरकारले स्वाभिमान दिवस मनाउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले माघ ३ गतेको दिनलाई स्वाभिमान दिवस मनाउने निर्णय गरेको हो ।

२०७८ साल माघ ३ गतेका दिन प्रदेश सभाको बैठकबाट प्रदेश राजधानी तोकिएको र प्रदेशको नामकरण गरिएको सम्झनामा स्वाभिमान दिवस मनाउन लागिएको मधेश सरकारका प्रवक्ता समेत रहेका गृहसञ्चार तथा कानुन मन्त्री मोहम्मद समिमले जानकारी दिए । उनका अनुसार माघ ३ गते स्वाभिमान दिवस मनाएपनि सार्वजनिक बिदा भने दिइएन छैन ।

त्यस्तै माघ ५ गते मधेश सरकारले बलिदानी दिवस मनाउने र त्यस अवसरमा मधेश आन्दोलनसहित परिवार र घाइतेलाई आर्थिक सहयोग पनि गर्ने निर्णय गरेको छ। सो दिवसमा मधेश सरकारले वीरगञ्जमा कार्यक्रम आयोजना गर्ने छ ।

 

प्रकाशित मिति : २७ पुष २०८०, शुक्रबार ११:४१   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।