Logo

प्रमुख समाचार

मापदण्ड विपरीत अधिवेशन हुन थालेपछि एमालेले पठायो सबै जिल्लामा सर्कुलर



प्रमुख प्रतिपक्षी दल एमालले प्रदेश अधिवेशनमार्फत प्रदेश कमिटीहरू चयन गरेको थियो । अहिले एमालले धमाधम जिल्ला अधिवेशनहरू गर्न सुरु गरेको छ ।

तर, अधिवेशनका क्रममा कतिपय जिल्लामा मापदण्ड नै नतोकी अधिवेशनहरू हुन थालेपछि पार्टी केन्द्रले हस्तक्षेप गरेको छ । २०८१ जेठ मसान्तभित्र सबै जिल्ला अधिवेशन सक्न निर्देशन दिएको एमालेले कर्णालीका केही जिल्ला अधिवेशनहरू सम्पन्न गरिसेके छ ।

तर कतिपय जिल्लामा भइरहेका अधिवेशनका क्रममा मापदण्ड नतोकी अधिवेशन गरेको भेटिएपछि एमाले महासचिव शङ्कर पोखरेलले सबै प्रदेश र जिल्ला पार्टी नेतृत्वहरूलाई परिपत्र जारी गर्दै मापदण्ड निधारण गरेका छन ।

एमालेको पार्टी विधानको धारा ६३ ९१०० मा जिल्ला र सो मातहतका कमिटी, निकाय वा विभागको पदाधिकारी तथा सदस्य पदका लागि उम्मेदवार हुने मापदण्ड तोक्ने अधिकार सम्बन्धित तहको अधिवेशनलाई प्रदान गरेको छ ।

‘तर कतिपय ठाउँमा मापदण्ड नै नतोकी अधिवेशन गर्ने गरिएको पाइएकोले अधिवेशन आयोजना गर्दा उम्मेदवारका लागि स्पष्ट मापदण्डको व्यवस्था गर्ने र एकरूपताका लागि निम्नअनुसार गर्ने’, भन्दै तीन बुँदे निर्देशन दिएका छन् ।

पोखरेलले गत २४ पुसमा जारी गरेको परिपत्रमा जिल्ला कमिटीको पदाधिकारी पदमा उम्मेदवार हुन कम्तिमा पार्टी सदस्य भएको ५ वर्ष पुगेको र एक कार्यकाल जिल्ला कमिटी सदस्य वा सो सरहको भूमिका निर्वाह गरेको हुनुपर्ने मापदण्ड तोकेका छन् ।

त्यस्तै जिल्ला कमिटी सदस्य हुन पार्टी सदस्य भएको तीन वर्ष पुरा हुनुपर्ने मापदण्ड पनि महासचिव पोखरेल आफैले तोकेका छन् । यसबाहेक प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा सदस्य, प्रदेशसभा सदस्य, पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष जिल्ला कमिटीको अध्यक्ष तथा सचिव पदमा उम्मेदवार बन्न नमिल्ने भनेर यसअघि केन्द्रीय कमिटीको निर्देशन कार्यान्वयन गर्न पनि महासचिव पोखरेलले जारी गरेको सर्कुलरमा उल्लेख गरेका छन\ ।

तर, एमाले सङ्गठन विभाग प्रमुख समेत रहेका नेता काशीनाथ अधिकारी महासचिव पोखरेलले जिल्ला अधिवेशनका सन्दर्भमा जारी गरेको परिपत्र आन्तरिक भएको भन्दै अधिवेशनलाई सुव्यवस्थित गर्न मार्ग दर्शन मात्र गरेको मापदण्ड नतोकेको दाबी गरेका छन\ ।

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार ११:१२   :  बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।