Logo

प्रमुख समाचार

४० जना नेता कार्यकर्ता एमालेमा प्रवेश



काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीका ४० जना नेताहरु पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य राजेन्द्र पराजुली, प्रदेश कमिटी सदस्य मनोहर ढकाल, बासु भट्ट एमालेमा प्रवेश गरेका हुन् ।

यस्तै, माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य दिवसबाबु खड्का सिंगो टीमसहित एमालेमा प्रवेश गरेका हुन् ।

उनीहरुलाई एमाले महासचिव शंकर पोखरेलले पार्टीमा अबिर र खादा लगाएर स्वागत गरे।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार २१:४१   :  बजे

318
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।