Logo

प्रमुख समाचार

राष्ट्रिय सभा निर्वाचन : ९९.३२ प्रतिशत खस्यो मत



काठमाडौं- राष्ट्रिय सभाका १९ सिटका लागि भएको मतदानमा ९९.३२ प्रतिशत मत खसेको छ।

निर्वाचन आयोगका अनुसार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सातै प्रदेशका राजधानीस्थित निर्वाचन अधिकृतको कार्यालयले तोकिएका केन्द्रमा शान्तिपूर्ण रुपले मतदान सम्पन्न भएको र ९९.३२ प्रतिशत मत खसेको हो।

कोशी प्रदेशमा ९९.२७ प्रतिशत, मधेशमा ९९.७३, बागमतीमा ९८.५६, गण्डकीमा ९९.५७, लुम्बिनीमा ९९.३४, कर्णालीमा एक सय प्रतिशत र सुदूरपश्चिममा ९८.६८ प्रतिशत मत खसेको आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।

उनले सबै प्रदेशमा रहेका २०४६ मतदातामध्ये २०३२ जनाले मतदान गरेको जानकारी दिए। १९ सिटका लागि भएको निर्वाचनमा ५१ जनाले उम्मेदवारी दर्ता गराएका थिए।

जसमध्ये सत्ता गठबन्धनका १८ उम्मेदवार र एमालेकी एक उम्मेदवार विजयी भएका छन्।

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार १९:३८   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।