काठमाडौं- नेकपा एकीकृत समाजवादीको दोस्रो केन्द्रीय परिषद्को बैठक आज पनि बस्ने भएको छ। आइतबारबाट सुरू भएको परिषद् बैठकमा विधानमाथि छलफल भइरहेको छ।
काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा जारी बैठकमा विधानको मस्यौदामाथि समूह छलफल जारी रहेको सचिवालय सदस्य तुलबहादुर गुरूङले जानकारी दिए।
परिषद् बैठकमा करिब एक हजार जना प्रतिनिधि छन्। केन्द्रीय कमिटी, केन्द्रीय निकाय, जन संगठनका पदाधिकारीका अलावा संघीय निर्वाचन क्षेत्रबाट एकजना महिला र एकजना पुरूष प्रतिनिधिका रूपमा बैठकमा सहभागी छन्।
दसवटा समूह बनाएर जलफल जारी रहेको र आजै साँझ बैठक सकिने उनले जानकारी दिए। समूहबाट आएका सुझाव टिपोट गर्न उपाध्यक्ष बेदुराम भुसालको नेतृत्वमा कमिटी बनाएको बताइएको छ।




















प्रतिक्रिया