काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रियसभाको अध्यक्ष नछाड्ने भएको छ । पार्टीको आज (मंगलबार) बसेको संसदीय दलको बैठकमा बोल्ने क्रममा अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रियसभाको ठूलो दलको हैसियतले आफूहरुले नै राष्ट्रियसभाको अध्यक्ष लिने बताएका हुन् ।
राष्ट्रियसभाको निर्वाचनमा कोशी प्रदेशमा कांग्रेसले आफूहरुलाई धोका दिएको भन्दै माओवादी केन्द्रका नेताहरु रुष्ट छन् । आजको दलको बैठकमा अधिकांश सांसदहरुले राष्ट्रियसभाको अध्यक्ष कुनैपनि हालतमा नछाड्न नेतृत्वसमक्ष दबाब दिएका छन् ।
माघ ११ गतेको निर्वाचनपछि राष्ट्रिय सभामा माओवादी ठूलो दल बनेको छ । उसका १७ सांसद छन् । राष्ट्रियसभाको निर्वाचनलगत्तै अहिलेको सत्ता गठबन्धन नै भत्किन सक्ने चर्चा भैरहेको छ ।
कांग्रेसका नेताहरुले भने राष्ट्रियसभाको अध्यक्ष कृष्णप्रसाद सिटौला बन्ने दाबी गरेका छन् । उनी राष्ट्रियसभाको अध्यक्ष बन्नको लागि नै उनी चुनावी मैदानमा उत्रिएको बताईने गरेको छ ।




















प्रतिक्रिया