Logo

कोशी प्रदेश

कोशीमा मन्त्रिपरिषद विस्तार, काँग्रेसको देउवा समूह उपेक्षित



कोशी प्रदेशको मन्त्रिपरिषद विस्तार भएको छ ।

मुख्यमन्त्री केदार कार्कीले शुक्रबार चार मन्त्री र दुई राज्यमन्त्री थपेर मन्त्रिपरिषद विस्तार गरेका हुन् । विस्तार सँगै कोशी प्रदेश सरकार १० सदस्यीय भएको छ ।

कार्कीले काँग्रेसका प्रदीप सुनुवारलाई स्वास्थ्य, रामकुमार खत्रीलाई उद्योग, कृषि तथा सहकारी मन्त्री तथा इन्दिरा थापालाई आर्थिक मामिला राज्यमन्त्री र सुनिताकुमारी गुरुङलाई आन्तरिक मामिला राज्यमन्त्री नियुक्त गरेका हुन् । काँग्रेसबाट नियुक्त भएका सुनुवारबाहेक सबै विद्रोही शेखर कोइराला समूहका हुन् । कार्कीले आर्थिक मामिला मन्त्रालय भने आफैसँग राखेका छन् ।

यस्तै माओवादीका राजेन्द्र कार्की सामाजिक विकास र नारायण मगर खानेपानी तथा सिँचाइमन्त्री नियुक्त भएका छन् । नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनियताको सपथ गराएका छन् ।

यसअघि काँग्रेसका समशेर राई आन्तरिक मामिला तथा कानून, नेकपा एकीकृत समाजवादीका कमल जबेगु भौतिक पूर्वाधार र माओवादी केन्द्रका गणेश उप्रेती वन तथा पर्यटनमन्त्री थिए । विस्तारसँगै कार्की नेतृत्वको प्रदेश सरकार १० सदस्यीय भएको छ ।

सत्तारुढ गठबन्धनले माओवादी केन्द्रका इन्द्रबहादुर आङबोलाई मुख्यमन्त्रीमा अगाडि सारेपछि काँग्रेस विद्रोही समूहका कार्की एमालेको सहयोगमा गत २७ असोजमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

तर, सत्तारुढ गठबन्धनले कार्कीलाई नै समर्थन गर्ने निर्णय गरेपछि एमाले सरकारबाट बाहिरिएको थियो । उनले १७ मंसिरमा राई, जबेगु र उप्रेतीलाई मन्त्री नियुक्त गरेका थिए ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार १६:२८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।