Logo

प्रमुख समाचार

माओवादी केन्द्रीय कमिटी बैठक बस्दै, जनतासँग माओवादी विशेष अभियानको समीक्षा हुने



काठमाडौं- नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजे राष्ट्रिय सभागृहमा बस्ने गरी तय गरिएको सो पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

प्रवक्ता सापकोटाका अनुसार, बैठक आइतबार र सोमबार दुई दिनसम्म चल्नेछ। बैठकमा माओवादी केन्द्रले यसअघि सञ्चालन गरेको चारमहिने ‘जनतासँग माओवादी विशेष अभियान’माथि विशेष समीक्षा गर्ने कार्यसूची छ।

समसामयिक राजनीतिक विषयका अलावा पार्टीको काम–कारबाही र आउँदो फागुन १ गतेदेखि तय गरिएको विधान सम्मेलनबारे पनि छलफल गरिनेछ।

माओवादी केन्द्रले चारमहिने अभियानमा पार्टीको संगठन निर्माण, पुनर्निर्माणका अलावा सहिद परिवार, बेपत्ता योद्धाका परिवार, घाइतेरअपांगता भएका कार्यकर्तासँग भेटघाट गरेको थियो। सरकारमा रहेर गरिएको सुशासन र समृद्धिको अभियानबारे जनतालाई जानकारी गराएको थियो। गएको भदौ १६ देखि सुरु गरिएको सो अभियान पुस १७ गतेसम्म चलेको थियो।

बैठकमा पार्टीको समग्र अवस्थाका बारेमा पनि छलफल गरिने प्रवक्ता सापकोटाले जानकारी दिए।

प्रकाशित मिति : २८ माघ २०८०, आईतवार ०६:४५   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।